ल्यान्डमार्क होटलको पोखरा र चितवनमा ‘समर प्याकेज’

 पोखरा र चितवनमा पर्यटक स्तरीय होटल सञ्चालन गरिरहेको सम्राट ग्रुपले नेपाली पर्यटकलाई विशेष प्याकेज ल्याएको छ । पोखराको लेकसाइडमा रहेको ‘होटल ल्याण्डमार्क पोखरा’ र चितवनको बागमारामा भर्खरै खोलिएको ‘ल्याण्डमार्क फरेस्ट पार्क’ लाई लक्षित गरि ग्रुपले आकर्षक प्याकेज ल्याएको हो ।

पोखराको ल्यान्डमार्क होटलका लागि ल्याइएको दुई रात तीन दिनको ‘समर गेटवे’ प्याकेजमा प्रतिव्यक्ती ७ हजार ७ सय ७७ रुपैंया तिरेर होटलको डिलक्स रुममा आरामसाथ बस्न पाउने छ । यस प्याकेजमा जाने ग्राहकले होटलमा पुग्नसाथ पेय पदार्थको स्वागत समेत पाउने छ ।

प्याकेजमा हरेक दिन ब्रेकफास्ट, एक रात स्पेशल डिनरसहितको सांस्कृतिक नृत्यावलोकन, फेवातालमा एक घण्टा बोटिङ र आधा दिन पोखराको दृश्यावलोकन, बिमानस्थल र पर्यटक बसपार्कबाट ल्याउने-लाने व्यवस्था मिलाइएको सम्राट ग्रुपका सिईओ सीएन पाण्डेले बताए ।

Landmark-pokhara-hotel

त्यसैगरी, चितवनको बागमारामा भर्खरै स्थापित ल्याण्डमार्क फरेस्ट पार्कका लागि ‘समर स्प्लास सफारी’ नामक प्याकेज ल्याइएको छ । यस प्याकेजका लागि प्रतिव्यक्ति ९ हजार ९ सय ९९ रुपैंया तिरेर ३ दिन २ रात डिलक्स रुममा आरामसाथ बस्न पाइने पाण्डेले बताए । यहाँ पनि ग्राहकले होटलमा पुग्नसाथ पेय पदार्थको स्वागत समेत पाउने छ ।

Landmark-Forest-Park-chitwan

यस प्याकेजमा हरेक दिन ब्रेकफास्ट, हरेक डिनर, एक दिन बारबीक्यू डिनर, थारु गाउँमा भ्रमण, सूर्यास्त दर्शन, थारु सांस्कृतिक नृत्यावलोकन, एकघण्टा क्यानोइङ टि्रप, हात्ती प्रजनन केन्द्रको अवलोकन, हात्ती सफारी र चराचुरुंगी अवलोकनको व्यवस्था मिलाइएको छ ।

‘यो प्याकेज नेपालीहरुलाई लक्षित गरेर ल्याएका हौं’ गुप्रका सिइओ पाण्डेले भने- ‘नेपालीहरुकै मागलाई ध्यानमा राखेर ल्याइएका यी प्याकेज नेपालीहरुले मन पराउने विश्वास लिएका छौं ।’

For More Details : Corporate Office:
Gairidhara, Kathmandu Nepal.
Tel: +977-1-4004706 / 4004707
Fax: +977-1-4004704
E-mail: reservation@landmarkforest.com or reservation@landmarkpokhara.com

Source : OnlineKhabar

Bookmark the permalink.

About Samrat Group Nepal

It is my immense pleasure to introduce our self as a tour, trekking & expedition operator in Nepal, Tibet, Kailash, Bhutan, & India. We are very proud that we have excellent reputation in the market for quality services in very competitive prices. The company has won numerous awards from various organizations for its contributions and achievements. We are members of the following travel associations: IATA (International Air Transport Association) NATTA (Nepal Association of Tours & Travel Agents), UFTAA (Universal Federation of Travel Agent's Association) TAAN (Trekking Agents Associations of Nepal) and NMA (Nepal Mountaineering Association), ASTA (American Society of Travel Agents), SKAL (Skal international Association of Travel and Tourism Prefessionals), PATA (Pacific Asia Travel Association).

Comments are closed.