पोखरा र चितवनमा नेपाली पर्यटकलाई आकर्षक प्याकेज

पोखरा र चितवनमा स्तरीय होटल संचालन गरिरहेको सम्राट ग्रुपले नेपाली पर्यटकलाई विशेष प्याकेज ल्याएको छ ।

Landmark-pokhara

पोखराको लेकसाइडमा रहेको होटल ल्याण्डमार्क पोखरा र चितवनको बागमारामा भर्खरै खोलिएको ल्याण्डमार्क फरेस्ट पार्क का लागि सम्राट ग्रुपले आकर्षक प्याकेज ल्याएको हो । पोखरा घुम्ने २ रात ३ दिने ‘समर गेटवे’ नामक प्याकेजका लागि प्रतिव्यक्ति ७ हजार ७ सय ७७ रुपैंया तिरेपुग्छ । जसमा जानासाथ पेय पदार्थले स्वागत गरिनेछ भने ३ दिन दुइ रात डिलक्स कोठामा आरामसाथ बस्न पाइन्छ । साथै, हरेक दिन ब्रेकफास्ट, एक रात स्पेशल डिनरसहितको सांस्कृतिक नृत्यावलोकन, फेवातालमा एकघण्टा बोटिङ र आधा दिन पोखराको दृश्यावलोकनको व्यवस्था, बिमानस्थल र पर्यटक बसपार्कबाट ल्याउने–लाने व्यवस्था मिलाइएको छ । ल्याण्डमार्क पोखराको स्तरीयमध्येको एक होटल हो ।

Landmark-Forest-Park-chitwan

यसैगरी, चितवनको बागमारामा भर्खरै स्थापित सुविधासम्पन्न ल्याण्डमार्क फरेस्ट पार्कका लागि ‘समर स्प्लास सफारी’ नामक प्याकेज ल्याइएको छ । जसका लागि प्रतिव्यक्ति ९ हजार ९ सय ९९ रुपैंया तिर्नुपर्नेछ । जसमा जानासाथ पेय पदार्थले स्वागत गरिनेछ भने ३ दिन दुइ रात डिलक्स कोठामा आरामसाथ बस्न पाइन्छ । साथै, हरेक दिन ब्रेकफास्ट, हरेक डिनर, एक दिन बारबीक्यू डिनर, थारु गाउँमा भ्रमण, सूर्यास्त दर्शन, थारु सांस्कृतिक नृत्यावलोकन, एकघण्टा क्यानोइङ ट्रिप, हात्ती प्रजनन केन्द्रको अवलोकन, हात्ती सफारी र चराचुरुंगी अवलोकनको व्यवस्था मिलाइएको छ ।

यो प्याकेज नेपालीहरुलाई लक्षित गरेर ल्याएका हौं, सम्राट गुप्रका सिइओ सीएन पाण्डे भन्नुभयो, ‘नेपालीहरुकै मागका कारण ल्याइएका् कारण यो प्याकेज नेपालीहरुले मन पराउने विश्वास लिएका छौं ।’ नेपाली पाहुनाहरुको माग अनुसार अन्य सेवा–सुविधाहरु पनि थप्न सकिने उहाँले बताउनुभयो ।

For More Details : Corporate Office:
Gairidhara, Kathmandu Nepal.
Tel: +977-1-4004706 / 4004707
Fax: +977-1-4004704
E-mail: reservation@landmarkforest.com or reservation@landmarkpokhara.com

Source: Dainiknepal

 

Bookmark the permalink.

About Samrat Group Nepal

It is my immense pleasure to introduce our self as a tour, trekking & expedition operator in Nepal, Tibet, Kailash, Bhutan, & India. We are very proud that we have excellent reputation in the market for quality services in very competitive prices. The company has won numerous awards from various organizations for its contributions and achievements. We are members of the following travel associations: IATA (International Air Transport Association) NATTA (Nepal Association of Tours & Travel Agents), UFTAA (Universal Federation of Travel Agent's Association) TAAN (Trekking Agents Associations of Nepal) and NMA (Nepal Mountaineering Association), ASTA (American Society of Travel Agents), SKAL (Skal international Association of Travel and Tourism Prefessionals), PATA (Pacific Asia Travel Association).

Comments are closed.