तीन दिनभित्र पर्यटन बोर्ड सञ्चालन नभए अख्तियारको कारबाही

ntb

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन बोर्डलाई तीन दिनभित्र सेवा प्रवाह सुरु नगरे कारबाही गर्ने चेतावनी दिएको छ। बार्डले सेवाग्राहीलाई ५२ दिनदेखि सेवा दिन सकेको छैन। बोर्ड अस्तव्यस्त बनाइएको भन्दै अख्तियारले तीन दिनभित्र पूर्ववत् रूपमा सञ्चालन नभए कारबाही गरिने जनाएको हो।

अख्तियारले तीन दिनभित्र बोर्डको समस्या सम्बोधन गरी सञ्चालनको व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई पत्र पठाएको छ। सचिवले बोर्ड सञ्चालन गर्ने व्यवस्था मिलाई त्यसको जानकारी अख्तियारलाई नदिए पर्यटन सचिव, मन्त्रालयका पदाधिकारी, पर्यटन बोर्डका पदाधिकारी तथा सम्बद्ध अन्य पदाधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग एेन २०४८ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ। पर्यटन मन्त्राययमा सचिव सुशील घिमिरे छन्। घिमिरे बोर्ड सञ्चालक समितिको अध्यक्ष पनि रहेकाले उनलाई अख्तियारले बोर्ड सञ्चालन गर्न पत्र पठाएको हो।

बोर्डमा भएको आर्थिक दुरुपयोग, महिनौंदेखि कार्यालय बन्द, बोर्डका कर्मचारी हाजिर गरेर कार्यालय बाहिर हिँड्ने तथा प्रमुख कार्यकारी अधिकृत महिनौंदेखि कार्यालय नआएको विषयमा अख्तिायारको ध्यानाकर्षण भएको उल्लेख छ। पर्यटकसँग उठाएको रकम मनपरी ढंगले खर्च गरी अनियमितता र भ्रष्टाचार गरेको उजुरीप्रति पनि आफ्नो ध्यानाकर्षण भएको अख्तियारले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बोर्डमा भइरहेको गतिविधिलाई अख्तियारले गम्भीरतापूर्वक लिएको पत्रमा उल्लेख छ। बोर्डका प्रमुख कार्यालय नआउनु र कर्मचारीले काम नै नगरी तलबभत्ता लिइरहने तर पर्यटन क्षेत्रभित्रको समस्या समाधानमा ध्यान नदिएको आरोप लागेको छ। सेवाग्राहीलाई सेवा नदिएको विषयलाई अख्तियारले गम्भीरतापूर्वक लिएको अख्तियारका प्रवत्ता श्रीधर सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बोर्डको छानबिन समितिमा दुई सदस्य थप

बोर्डको छानबिन समितिमा नवराज पाण्डे र मन्त्रालयका कानुन अधिकृत उत्तरप्रसाद खरेल थप भएका छन्। सहसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा यसअधि गठन गरेको पाँचसदस्यीय समितिमा दुईजना थप गरेर सात बनाइएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ। समितिमा पर्यटन मन्त्रालयकै लेखा अधिकृत ध्यानकुमार राई, अर्थ मन्त्रालयका उपसचिव, पर्यटन व्यवासायी भीम पन्त र अच्युत गुरागाईं रहेका छन्।

Source: Annapurna Post

Bookmark the permalink.

About Samrat Group Nepal

It is my immense pleasure to introduce our self as a tour, trekking & expedition operator in Nepal, Tibet, Kailash, Bhutan, & India. We are very proud that we have excellent reputation in the market for quality services in very competitive prices. The company has won numerous awards from various organizations for its contributions and achievements. We are members of the following travel associations: IATA (International Air Transport Association) NATTA (Nepal Association of Tours & Travel Agents), UFTAA (Universal Federation of Travel Agent's Association) TAAN (Trekking Agents Associations of Nepal) and NMA (Nepal Mountaineering Association), ASTA (American Society of Travel Agents), SKAL (Skal international Association of Travel and Tourism Prefessionals), PATA (Pacific Asia Travel Association).

Comments are closed.