पोखरा, आषाढ १५ । पोखरामा पर्यटन व्यवसायीहरुले आषाढ १५ को अवसर पारेर रोपाइँ महोत्सव मनाएका छन् । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ पोखरा १३, काहुँखोला बुडुवाँ फाँटमा पर्यटकहरुलाई सहभागी गराएर व्यवसायीहरुले रोपाइँ महोत्सव आयोजना गरेका हुन् ।
महोत्सवमा पर्यटकलाई सहभागी गराएर हिलोमै विभिन्न कार्यक्रम गरिएको थियो । महोत्सवमा ३७ राष्ट्रका करिब ५ सय पर्यटकहरु सहभागी थिए ।
महोत्सवमा असारे गीत तथा रोपाइँ, हिलो सम्याउने, रस्साकस्सी, हिलोमा पर्यटक दौड, माछा समाउने लगायतका रोमाञ्चक प्रतियोगिता पनि सञ्चालन गरिएको थियो ।
Source : http://imagekhabar.com/