ल्यान्डमार्क होटलको दिपावली अफर, प्याकेजमा २५ पतिशत छुट

ल्यान्डमार्क होटलको दिपावली अफर, प्याकेजमा २५ पतिशत छुट

सम्राट ग्रुपले आन्तरिक पर्यटकका लागी पोखरा र सौराहामा सञ्चालित होटल तथा रिसोर्टमा ‘दिपावली अफर’ घोषणा गरेको छ ।

अफर अन्तर्गत दुबै होटलका हरेक प्याकेजमा २५ प्रतिशत छुट उपलब्ध गराउने बताइएको छ ।

Landmark-pokhara-hotel

हाेटल ल्यान्डमार्का पाेखरा

सम्राट ग्रुपले पोखराको लेकसाइडमा होटल ल्यान्डमार्क पोखरा र सौराहामा ल्यान्डमार्क फरेष्ट पार्क रिसोर्ट सञ्चालन गरिरहेको छ ।

छुटसँगै पोखराको होटलमा प्रतिव्यक्ति ७ हजार ७७७ रुपैयाँको दुई रात तीन दिनको प्याकेज अब ५ हजार ८ सय रुपैयाँमा उपलब्ध हुने सम्राट ग्रुपका सिइओ सिएन पाण्डेले जानकारी दिए छ ।

त्यसैगरि सौराहामा रहेको रिसोर्टमा प्रतिव्यक्ति ९ हजार ९ सय ९० रुपैयाँको दुई रात तीन दिनको प्याकेज अब ७ हजार ५ सय रुपैयाँमा पाइने छ ।

प्याकेजमा पाइने सेवा सुविधाहरु

छुटसहितको प्याकेजमा पोखरा घुम्न जाने नेपालीहरुलाई होटलमा प्रवेश गर्दा चिसो पेयपदार्थले स्वागत गरिने छ ।

यस प्याकेजमा डिलक्स रुममा बस्न पाइने छ भने हरेक दिन ब्रेकफाष्ट, साँस्कृतिक नृत्यका साथमा डिनर सुविधा, फि्र वाईफाई, एक घण्टाको बोटिङ, कारमा आधा दिन पोखरा शहर भ्रमण, बसपार्क तथा एयरपोर्टसम्म यातायात लगायतका सुविधाहरु उपलबध हुनेछन् ।

Landmark-Forest-Resort

ल्यान्डमार्क फरेष्ट पार्क रिसाेर्ट

त्यसैगरि, सौरहा घुम्न जाने नेपालीहरुलाई पनि चिसो पेय पदार्थले रिसोर्टमा स्वागत गरिने बताइएको छ ।

डिलक्स रुममा उपलब्ध हुनुका साथै हरेक दिन ब्रेकफाष्ट, लञ्च, डिनर, फि्र वाईफाई, थारु गाउँ तथा सूर्यास्तको अवलोकन, थारु कल्चरल डान्स, हात्ती सफारी, बर्ड वाचिङ, हात्ती प्रजनन केन्द्रको अवलोकन लगायतका सुविधाहरु उपलबध हुनेछन् ।