नेपाल वायु सेवा निगममा मुक्ति पाण्डे

नेपाल वायु सेवा निगममा मुक्ति पाण्डे

Mukti Pandey

सरकारी ध्वजावाहक नेपाल वायु सेवा निगमको सञ्चालक समितिमा तीन जना नियुक्त भएका छन् ।

पर्यटन मन्त्रालयले मंगलबार पर्यटन व्यवसायीहरु मुक्ति पाण्डे, पवित्रकुमार कार्की र निमा नोरु शेर्पालाई निगम संचालक समितिको सदस्यमा नियुक्त गरेको हो ।

नवनियुक्त अर्का सदस्य मुक्तिराम पाण्डे सम्राट ट्राभल्सका सञ्चालक तथा नेपाल पर्यटन बोर्डका सदस्यसमेत हुन् ।   पर्यटन व्यवसायीमा लामो अनुभव भएका पाण्डे यसअघि नेपाल पर्यटन बोर्डको सदस्य थिए । मेगा बैंकका संचालक समितिका सदस्य भइसकेका पाण्डे अहिले टुरिजम डेभलपमेन्ट बैंकका संचालक समिति सदस्य पनि छन् । वित्तीय क्षेत्रको समेत राम्रो दख्खल राख्ने पाण्डे प्रतिष्ठित पर्यटन व्यवसायीका रुपमा परिचित छन् ।