विश्वविख्यात सन्त सुधांशु जी महाराज नेपालमा

विश्वविख्यात सन्त सुधांशु जी महाराज नेपालमा

विश्वविख्यात सन्त एवं विश्व जागृति मिसनका संस्थापक सुधांशु जी महाराज पशुपतिनाथ दर्शनका लागी नेपाल आएका छन । उनका विश्वभर २३ भन्दा वढि देशमा लाखौंको संख्यामा अनुयायीहरु रहेको वताईन्छ । उनको नेतृत्वमा भारतको आनन्दधाम आश्रमले गरिव र अनाथ बच्चाहरुलाई निशुल्क शिक्षा र स्वास्थ्य प्रदान गर्दै आइरहेको छ ।

उनीसंगै उनकी जेठी छोरी तथा प्रख्यात योग गुरु डा.अर्चिका पनि नेपाल आएकी छन । डा.अर्चिकाले यहि जुन १६ देखि २६ सम्म कैलाश मानसरोवरको यात्रा गर्नेछिन । उनले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जुन २१ म कैलाशमा योग शिविर समेत सञ्चालन गर्ने जनाईएको छ ।

विश्वविख्यात सन्त सुधांशु जी महाराज,डा.अर्चिका लगायतको समुहलाई पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझि,राष्ट्रिय सभा सदस्य खिमलाल भट्ट्राई तथा उनीहरुको यात्रा व्यवस्थापन गरिरहेको सम्राट ट्राभल एण्ड टुर्स प्रा.लि.का अध्यक्ष मुक्तिराम पाण्डेले स्वागत गरे । कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री रायमाझिले नेपाल भारत सम्बन्ध निकै पुरानो भएको र यसलाई समयानुकुल अझ विकसित गर्नुपर्ने वताए । नेपाल अव शान्ति,विकास र सम्बृद्धिको वाटोमा अघि वढिरहेको वताउँदै रायमाझिले यसमा भारतको सहयोग आवश्यक रहेको समेत वताए ।

उनीहरुलाई स्वागत गर्न आयोजित कार्यक्रममा सुधांशु जी महाराजले हिमालयको देश नेपाल विश्वकै मुकुट रहेको वताए । भगवान शिव र जानकी माताको समेत जन्मस्थल भएको वताउँदै उनले नेपाल र पशुपतिनाथको दर्शन गर्न पाउँदा आँफुलाई गौरवको अनुभुति भएको वताए ।

उनीहरुको यात्रा व्यवस्थापन गरिरहेको सम्राट टुर्स एण्ड ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत तथा नाट्टाका अध्यक्ष सि.एन.पाण्डले महाराजको नेपाल र पशुपतिनाथको दर्शनले विश्वभर नेपालको सन्देश जाने र आगामी दिनमा नेपाल घुम्न आउने धार्मिक पर्यटकहरुको संख्या वढ्ने अपेक्षा व्यक्त गरे । यसले गर्दा सन् २०२० को नेपाल भ्रमण वर्षलाई समेत सहयोग प¥याउने पाण्डले वताए ।

Source: Arthabyapar



Landmark Forest

Landmark Pokhara

Creative Adventure Nepal

Landmark Kathmandu

Contact Us:

E-mail: sales@samratnepal.com

Phone: +977 – 9851030564

Location: Gairidhara, Kathmandu, Nepal.

Website: www.samratnepal.com